February 19, 2010

'नेसाज'को Knowledge Transfer Symposium


आज आफ्नो पनि संलग्नतामा आयोजना हुन गईरहेको एउटा कार्यक्रमको प्रसंगमा छोटो कुरा गर्ने अनुमति चाहन्छु।

जापानमा रहेका नेपाली विद्यार्थीहरुको छाता संगठन छ, नेपाली विद्यार्थी समाज, जापान (Nepalese Students' Association in Japan)। छोटकरीमा यसलाई NESAJ (नेसाज) भनेर पुकार्छौं हामी। जापानमा रहेका नेपाली विद्यार्थीहरु र (मूलत: जापानमा कार्यरत) भूतपूर्व नेपाली विद्यार्थीहरुलाई एकताबद्ध पार्ने, आपसी अन्तर्कृयाका माध्यमबाट ज्ञान/सीप आदानप्रदान गर्ने र बिभिन्न माध्यमबाट नेपालको विकासमा योगदान पु-याउने उद्देश्य बोकेको यो संस्था सन् १९९७ देखि जापानमा कृयाशील छ।

नेसाजका बारेमा थप जानकारी तपाईँ यसको गृहपृष्ठ बाट प्राप्त गर्न सक्नुहुन्छ।

नेसाजले नियमित रुपले बिभिन्न गतिबिधिहरु सञ्चालन गर्छ। यिनै विविध गतिबिधिहरुमध्ये एउटा NESAJ Symposium on Knowledge Transfer हो। यसपालिको कार्यक्रम नागोयामा हुँदैछ, पर्सि आइतबार (फेब्रुअरी २१) बिहान ११ बजेबाट। आयोजक समितिको अध्यक्षका रुपमा म पनि संलग्न छु।

यो Symposium जापानका लागि नेपाली राजदूत महामहिम डा. गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ। तोयोहाशी बिश्वविद्यालयका नेपालविज्ञ प्राध्यापक मासायुकी वातानाबे र जापानमा अध्ययन/अनुसन्धानरत ६ नेपाली विद्यार्थीहरुले बिभिन्न विषयमा कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ। साथै विशेष आमन्त्रित बक्ताका रुपमा Osaka University of Economics and Law का वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजीले  "संघीयताका बिभिन्न पक्षहरु" शिर्षकमा प्रवचन दिनुहुनेछ।

कार्यक्रममा सक्दो सहभागिता जनाईदिनुहुन सबैमा हार्दिक अनूरोध र निमन्त्रण पनि गर्न चाहन्छु यो टाँसोको माध्यमबाट। जापान बाहिरका साथीहरुलाई सम्भव नहोला पक्का पनि, तर यहि निहुँमा गृहपृष्ठका माध्यमबाट नेसाज र आगामी कार्यक्रमका बारेमा केहि जानकारी भने लिनुहुनेछ भन्ने आशा गरेको छु। 

बाँकी कुरा कार्यक्रम पछिका लागि थाती राख्दैछु:)

तपाईँको सप्ताहान्त सुखद रहोस्!

4 comments:

रमेश मोहन अधिकरी said...

राम्रो जानकारी दिनुभएको रहेछ। गृहपृष्ठ खुलेन । त्यसैले विशेष जानकारी प्राप्त गर्न कठिनाइ भयो ।
विदेशमा बस्ने नेपाली जुनसुकै नामले सङ्गठित भए तापनि नेपालमा बस्ने हामीलाई पनि खुसी लाग्छ । तसर्थ नेसाजको कार्यक्रमको सफलताको लागि धेरै धेरै शुभकामना दिन चाहन्छु ।
कार्यक्रमबारेको बारेमा यथासम्भव संस्मरण पनि पढ्न पाइयोस् ।

Prabesh said...

कार्यक्रमको पुर्ण सफलताको हार्दिक शुभकामना दाइ गफगाफको तर्फबाट !!

Chaitanya said...

Good luck, Mr. President, for a successful symposium.(कहिलेकाहीं अंग्रेजीमा लेख्न पनि रमाइलो हुँदो रहेछ!)

Basanta said...

शुभेच्छाका लागि सबैलाई हार्दिक धन्यबाद! कार्यक्रम भब्य र सफल रह्यो। त्यसबारेमा आजभोलितरै केहि लेख्नेनै छु।

Post a Comment

Related Posts with Thumbnails