December 18, 2009

'बो-नेन-काइ'को याम

जापानमा डिसेम्बर महिना 'बो-नेन-काइ'को महिना भने पनि हुन्छ। बोनेनकाइ (忘年会) लाई सोझो शाब्दिक अर्थ लगाऊँदा "वर्ष बिर्सने पार्टी" भन्ने हुन्छ। अर्थ पनि त्यहि हो:) संगै काम गर्नेहरु, मिल्ने साथीहरु, संगै पढ्नेहरु भेला भएर बितेको वर्षका समस्याहरु, दु:ख र असफलताहरुलाई भुलेर रमाईलो गर्दै वर्षलाई बिदा गर्ने हो। त्यो रमाईलो भनेको मूलत: बेस्करी खाने र पिउनेनै हो:)

नयाँ वर्ष शुरु भएपछि 'सिन-नेन-काई' (नयाँ वर्षको पार्टी) हरु पनि आयोजित हुन्छन्, यसैगरी रमाईलो गर्दै उज्यालो र आशावादी मनले नयाँ वर्षलाई स्वागत गर्न। मेरो अनुभवले के बताऊँछ भने बो-नेन-काइ जस्तो धेरै सिन-नेन-काइ आयोजित हुँदैनन् र आयोजना भए नै पनि बो-नेन-काइमा जति उत्साह र लगन हुन्छ त्यो सिन-नेन-काइमा भेटिन्न। म गलत पनि हुनसक्छु, जापानवासी अरु साथीहरुले पनि आफ्नो अनुभव बताउनुहुनेछ भन्ने आशा राखेको छु।

डिसेम्बर ५ मा अड्डा (कम्पनी)को कार्यक्रम थियो। यो 'बो-नेन-काइ' थिएन, अड्डाको वार्षिक आन्तरिक सम्मेलन थियो। कम्पनीको सबैभन्दा ठूलो आन्तरिक कार्यक्रम यहि हो। कम्पनीको वर्षभरिको उपलब्धिको समीक्षा, बिभिन्न बिभागका गतिबिधिहरुबारेको प्रस्तुति र उत्कृष्टलाई पुरस्कार, यो एक वर्षभित्रका कम्पनीका नवप्रवेशीहरुको परिचय, समूहगत छलफल आदि गरेर दिन बित्छ। त्यसकारण एक हिसाबले यो पनि बो-नेन-काइनै हो। साँझ परेपछि भने 'साँच्चैको' बो-नेन-काइको रुप लिन्छ यसले; उहि क्या भुँडी फुट्ने गरी खाने र पिउने:)

अड्डाको पोहरको भोजमा अलि एक्लो महशूश भएको थियो। यसपालि त्यस्तो भएन। यहाँ बिताएको समय लम्बिदै जाँदा चिनजान बढ्दै गएर पनि होला। फेरि एउटा प्रस्तुतिमा खोक्नेमा पनि परियो। विषय मसंग त्यति सम्बन्धित नभएपनि विभागीय हाकिमले कुन्नि किन हो जबर्जस्ती भिडाए मलाई। त्यहि प्रस्तुतिले  पनि बेला-बेलाका 'ब्रेक'हरुमा कुरा गर्ने बाटो दियो। नत्र चुरोट नखाने मान्छेले गफ गर्ने साथी पाउनै मुश्किल हुन्छ:)

११ तारीख, शुक्रवारका दिनचाहिँ आफ्नै 'टिम'को बो-नेन-काइ थियो।

यस्ता बो-नेन-काइहरु प्राय: दुई-तीन घण्टाका हुन्छन्। 'नोमिहोदाइ' (निश्चित पैसा तिरेपछि तोकिएको समयभित्र जति पिएपनि, जे पिएपनि पाईने) बो-नेन-काइको अभिन्न अंग हो। 'ताबेहोदाइ' (त्यसैगरी जतिखाएपनि पाईने) पनि संलग्न हुनसक्छ तर धेरैजसो, खाना भने 'सेट' तोकेर अर्डर गरिएको हुन्छ।

सधैं संगै काम गर्ने भएपनि यस्ता कार्यक्रममा अझ धेरै नीजि र आत्मीय कुराहरु जान्ने मौका मिल्छ सबैका बारेमा। हाम्रा टिम प्रमुख कोनोसानले आफ्नी श्रीमती र छोरीहरुको गुनासो गरे धेरै बेर। उनको बढी पिउने बानी र रातभरि हल्ला गर्दै बेसबल हेर्ने बानीले हैरान छन् जस्तो छ उनीहरु र बेला-बेला थर्काईरहँदा रहेछन्। कोनोसानलाई रिस उठ्ननै भयो:) दिऊँसो संगै खाना खाँदै गर्दा पनि कहिलेकाहीँ यो कुरा गर्छन् उनी। 'आइमाइको जातै कच्कचे!' यो उनको एउटा प्रिय 'थेगो' हो।

कोनोनै नाम गरेको तर मभन्दा एक दशक कान्छो अर्को अविवाहित केटो पनि छ। उसलाई भने त्यो दिनको नाबेको पिरोले सताएछ। नाबेमा कति पिरो हाल्ने भनेर रेष्टूरेण्टका वेट्रेसहरु सोध्न आएका थिए हरेक टेबलमा। पिरो पनि दश तहको रहेछ, अरु दुई टेबलकाले १ तह र ३ तहको पिरो रोजे। म पिरो त्यति खान सक्ने मान्छे त होईन तर जापानको 'पिरो' भने मलाई पिरो लाग्दैन, जापान गुलियो खानाको देश हो। मैले ७ वा ८ रोजौं भन्दा कोनो झण्डै बेहोश भ'को:) पछि ५ मा राजी भयो।

तर नाबे खाने बेलामा भने त्यहि पाँचले पनि उसको कानबाट धूवाँ निक्लेको थाहा हुन्थ्यो:) मलाई भने त्यति पिरो लागेको थिएन। अलिकति खाएपछि ऊ त्यहाँबाट हटेर ३ वाला टेबुलमा पुगेर खाँदैथियो। संगै बसेका कोनोसानले भने ५ वालानै 'पचाए'। यो 'पिरो' प्रसंगले पनि रमाईलै गरायो, कोनो हिजो पनि कुरा गर्दै थियो।

कोन्दोऊ, जसको बिहेमा 'जन्त' जाने अवसर मिलेको थियो पोहर, अर्को टेबुलमा थियो। एकछिन ऊसंग कुरा गर्न पुगेको थिएँ। उ बाउ बन्दै रहेछ, बच्चा मे मा जन्मने रे। उसलाई दुई-चार सल्लाह मिसिएका बधाई दिईयो:) कोन्दोऊ जापानमा लोप हुँदै गएको समूहमा पर्छ, तिस नहुँदै बिहे गर्ने र बच्चा जन्माउने युवायुवतीहरु साह्रै कम छन् जापानमा। त्यस्तो सोचाईनै 'आउटडेटेड' मानिन्छ जस्तो छ यहाँ।

त्यसो त जापानमा बिहेनै पनि एउटा 'आउटडेटेड' सोचाइ बनिसकेको लाग्छ।

यो पालिको बो-नेन-काइ रमाइलै रह्यो।
Image Source:Click Here
***************************************

कोन्दोऊको बिहे 
पोहरको कुरा
परारको कुरा

14 comments:

archana paudel said...

padhda ramilai cha ! tara padhisake pachi chai k ho k ho jasto recha ! hahha

kamaladi said...

चुरोट ब्रेक लिए पछी धेरै साथीहरु बन्ने भने एकदमै सहि हो, अझ १ पटक संगै बसेर ट्वांट खाएको छ भने त दोस्ती झन गहिरो बन्न जान्छ :)

मोज रहेछ त जापानमा, एउटा बर्ष बिर्सेंने पार्टी रे, अर्को बर्ष राम्रो रहोस भन्ने कामना गर्ने पार्टी, त्यो पनि झन्डै संगै संगै :D

Prajwol

ametya said...

यसरी नै जापान र जापानिज संस्कृतिको बारेमा जानकारी दिदै जानुस । साच्ची जापानिजहरु किन बिहे गर्दैनन् वा ढिलो गर्छन् ?? त्यसको बारेमा पनि एउटा टाँसो टास्ने कि ??? फेरि बढी सुसाइड गर्ने पनि यिनीहरु नै हुन् । मनोविग्यान बुझेर हामीलाई जानकारी दिेनु होला है ल ।

ametya said...

Basant Dai...I left wordpress and being a part of blogspot ..I hope u will change the blog with ........www.ameya.blogspot.com.....

राजेश बुढाथोकी 'नताम्स' said...

बीच–बीचमा जापानीज शब्दहरु आएर पढ्न भने अप्ठ्यारो भयो मलाई । जापानीजहरुको यस्तो चाड निकै राम्रो रहेछ । यसअघि मैले यस्तो पढेको सुनेके थिइन ।

अमित्य जीले भनेजस्तै जापनीजहरु किन ढिलो बिवाह गर्छनका बारमा पोष्टहरु पस्कीए हामीजस्ता जानकारी राख्नेहरुका लागि भलो हुने थियो कि ?

Prabesh said...

कति रमाईलो भएछ त दाइ...

Dilip Acharya said...

忘年会 र 新年会 दुबैको प्रसंग रमाईलो लाग्यो । अनि यो पिरोको तह अनुसार खाना बनाईने कुरा भने निक्कै मन पर्‍यो ।

新年好!

कृष्णपक्ष said...
This post has been removed by the author.
कृष्णपक्ष said...

हा हा मलाइ पनि तह तह को पिरो को प्रसंग खुब रोचक लाग्यो ...
म भएको भए अझ तह नम्बर एकमा पो झर्थे होला ।

दिनेश राज said...

Basanta jee ramailo taso ko lagi dhanyabaad , bounenkhai shinnen khai ko tulanamaa dherai hune garchha maile pani yo anubhav gareko kuraa ho , tara karan chahi maile pani tyati bujhna sakeko chaina kunai maukaa milyo bhane kasailai ali bistrit rupmaa sodhnu parlaa . jaha samma piune kuraa ko sawal chha maile dekheko ramro paksha bhaneko mathillo level ra tallo level bichko duri hataauna ekdam sashakta bhumika khelchha bhanchhan japaneseharu level birsera kuraakani pariwarik kuraakani garne ani ekarkaa sanga najik hune maukaa ko rupmaa linchhan uniharu yasalai . jasle tallo tahakaa kaamdaarharuko karyasampadan kshyamataa badhauchha bhanne sochai ni . hamro nepal maa jasto officemaa byaktigat kuraaharu garne mauka tyati napaaine bhayeko le pani yasta nomikhai (piune jamghat) ko bishesh mahatwa hunchha . ani praye company harule shinnen khai athawaa bounenkhai ko lagi bhanera budget pani chhutyaidiyekaa hunchhan freemaa khana piuna paaune karan pani yasko ramailo badhi bhayeko ho ki ? hahaha

Dhruba Panthi said...

मलाई पनि ल्याबमा new year party को सट्टा year end party भन्ने सुनेर अचम्म लगेको थियो। तर जापानमा वर्षको बिदाइ नै महत्वपूर्ण हुने रहेछ नयाँ वर्षको स्वागतभन्दा। बाँकी दुनियाँभन्दा अलिकति अलग हुन यस कुरामा पनि पछि परेनछन् जापानीहरु।

बेदनाथ पुलामी ( उमेश ) said...

बसन्त जी ले यसरि जापानको बारेमा र जापानी सस्कारका बारेमा पोस्टहरु टास्दै जानु भएको ले जापान सम्बन्धि धेरै कुराहरु जान्न पाइएको छ - त्यसको लागि पनि यहा लाइ म धन्यबाद नदिरहन सक्दिन !
'बो-नेन-काइ' (बर्ष बिर्सने पाटि ) निकै रमाइलो उत्सब रहेछ ! खाने र पिउने - गजब ! को मस्ती भै'गयो नि !
तर म पिरोमा नर्मल (medium) - मन पराउछु !

सूर्य/सिकारु said...

रमाइलो प्रस्तुति ! यो "बोन-नेन-काई" र "सिन-नेन-काइ" को मजै बेग्लै हुने रहेछ जापानमा ।
निकै रमाइला कुराहरु राख्नु भएको रहेछ बसन्त जी पढदा मजा आयो ।

Basanta said...

पढिदिनुहुने, प्रतिकृया दिनहुने सबैलाई हार्दिक धन्यबाद! खुईय्य्य्य! यसपाला पनि ढिला भईयो:)

Post a Comment

Related Posts with Thumbnails