November 24, 2009

तिर्सना

धेरै भएछ-
मन्दिरका घण्टहरुसंगै ब्युँझिएर
ताजा घाम सिउरेर तालुमा

परेवाहरुको माझबाट

यो यात्रालाई अघि नबढाएको,

मध्यान्हको गाढा छायामा

दुनियासंग बेखवर भएर

आफैसंग बेखवर भएर

एउटा मिठो सपना नदेखेको,

दिन-रातको दोसाँधमा

हल्का सिन्दूर पोतिएको बादल

झोलाभरि बोकेर

आँगन नटेकेको,

धेरै भएछ-

धेरै भईसकेछ-

कतै लम्पसार परेर

आकाशका तारा नगनेको,

एउटा तारा रोजेर

'त्यो मेरो तारा’ नभनेको।



[यो कविता "तृष्णा" शिर्षकमा (र अलि फरक रुपमा) २००७ को अन्त्यताका 'साझा' को कविताको देशमा राखिएको थियो। ब्लगमा समसामयिक विषयमा लेख्ने मन हुँदा-हुँदै पनि नभ्याउनाले आजपनि यो 'इतिहासको ब्याज'ले काम टारें:)]

19 comments:

DEEPENDRA said...

Awesome poem! simply loved it.

Aakar said...

एउटा मिठो तिर्सना !

cheeju shrestha said...

Nice poem basanta jee.Keep it up.......

Ashesh said...

राम्रो लाग्यो ।

Pralad said...

woo nice poem broo i like it most

badri said...

Very nice poem!

Dhruba Panthi said...

तिर्सना जगाइदिने तिर्सना!

Chaitanya said...

पाटनको कृष्णमन्दिर परिशरमा बसेर घाम ताप्दा यस्तै अनुभूति हुने गर्थ्यो|अक्सर तपाईंका कविताहरु पुराना दिनहरुलाई सम्झनाको ताजा पाना बनाएर पल्टाउने गर्छन|

राजेश बुढाथोकी 'नताम्स' said...

दाई निकै राम्रो कविता । यहाँ तारा रोज्नु शिवाय के नै पो गर्न सकिन्छ र । अन्तिमका पद्याशहरु निकै मन परे मलाई ।

Mukta said...

simply sweet..

दूर्जेय चेतना said...

तपाईको लागि पुरानै भए पनि मेरो लागि चाहि नयाँ नै रह्यो है बसन्त जी। साह्रै चित्त बुझ्यो कबिताका शब्दहरुले।

OzoneSandip/ओजानसन्दिप said...

वसन्त दाइले युवा वर्गको समाज र कर्तव्य प्रतिको चिन्तन प्रतिको वेवास्थालाई ध्यान दिनु भएको जस्तो मलाई लाग्यो ।

Sujan Sharma said...

साहैं मन पर्यो यो सुन्दर कबिता!!

Basanta said...

मेरो तिर्सनामा आफ्ना तिर्सना पनि देख्नुहुने सबैमा हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु।

Jotare Dhaiba said...

एउटा रुमानी लहर सिउरिएर आएको कविता, कहीँ कतै छुटिसकेको जिन्दगीको हिस्सा सबैसँग मिल्दोजुल्दो प्रतीत भयो ।

kshama said...

Is rachnaka arth nahee samajh payee...padhne me naad achha laga...ye pashchimottar Bharat kee bhojpuri hai?

Shiva Prakash said...

राम्रो छ वशन्तजी
तर धेरै तारामा छान्न नसक्नु भएको भए म सधाउँला, कसो मित्र !

Shiva Prakash said...

राम्रो छ वशन्तजी
तर धेरै तारामा छान्न नसक्नु भएको भए म सधाउँला, कसो मित्र !

Basanta said...

धन्यबाद धाइबाजी!

धन्यबाद क्षमाजी! यो भोजपुरी होइन, नेपाली भाषा हो।

धन्यबाद शिवप्रकाशजी! सहयोगको तत्परताका लागि आभारी छु:)

Post a Comment

Related Posts with Thumbnails