November 13, 2009

राग/बैराग-चार नयाँ मुक्तकहरु

"कानून"

नसोध भो-के बैध, के अबैध छ
छुट्याउने चेतना आफैं कैद छ
खोर जाने त टापटिपे मात्रै हुन्
भयंकर डकैती पूरै बैध छ!


"भिड"

जत्था माथि जत्था, 'खाने'हरुको
लत्ता देखि सत्ता 'खाने'हरुको
तलब लिँदै जन्मनेको ठाऊँ अब
मर्न पनि भत्ता खानेहरुको!
------------------------------
------------------------------

"प्रस्ताव"

यसै अल्झेर बिताइदिऊँ यो यामको पहिलो झरी
घाम पर्खेर बिताइदिऊँ यो यामको पहिलो झरी
भिज्ने-भिजाउने, बग्ने-बगाउने होडबाजी गरौं
आऊ! दर्केर बिताइदिऊँ यो यामको पहिलो झरी!


"अनूरोध"

उन्मत्त छ, बैंश फक्रेर गुलाब
बैंशालु हातमै टक्रेर गुलाब
अलिकति मात्तिऊँ कि मै पनि
तिम्रा हात हुँदै पक्रेर गुलाब!


Image Source: Click Here

21 comments:

DEEPENDRA said...

Wonderful composition! concise yet so vivid. especially liked the first and last verse.

दीपक जडित said...

'अनुरोध'मा साँच्चै मजा आयो । 'भिड' पनि गजब लाग्यो ।

Asha said...

चारै मुक्तकहरु बेजोड उत्रिएका छन् बसन्त दाईको , एकदम तिक्खर लाग्यो है मलाई त .. धन्यवाद !

दिनेश राज said...

बसन्त जी , चारै मुक्तक बेजोड छन् बिषय बिबिधताले झन रोचक बनाइदिएको छ । राजनीति र प्रशासनका बिषय बाहेक का बिषयमा मात्र रोमान्चकता भेटिन्छ आजभोलि जुनै ब्लग चहारे पनि त्यसैले मनको शान्तिको लागि पनि केहि समय यो भद्रगोल परिस्थितिबाट टाढै रहने रहर मनमा पलाएको छ । त्यसैले "प्रस्ताब" र "अनुरोध" मेरो छनौटमा परे यो पाला ।

Ozone Sandip said...

कानुन बानाउन, कानुन बनाउने प्रकृयागत कानुनले कहिले कानुनी प्रकृया पुरा गरेर कानुन बनाउने हो हेर्न बाँकी त के हेरेको हेरै हुईने पो जस्तो छ । शून्यको के मोल भनेर, ६०१ लाई ६००१ बनाउने हुन् कि जस्तो लाग्न थाल्यो । पैसामा के के साट्ने हो ? कत्तिलाई बाड्ने हो ? यहाँ त आमा नै साट्न थाल्यौँ हामी । जति दिए पनि बड्ने भनेको ज्ञान, हुदैन जस्तो छ । घरको कुरा घरमै जान्छ, कस्ले पायो ज्ञान ।

ए सावधान सुन्दर गुलाफमा काँडा पनि हुन्छ । हात हुँदा, हातैले समाउँदा घुसखोरीको गन्ध आउँछ । छिमेकी चलाख छन् । छिमेकका चतुर छन् खै मिलेका छन् जस्तो छ कहिल्यै झगडा गर्दैनन् । कुरा बुझ्दा एकै आँगन हो, भनौँ जस्तै गरेर चिप्लो कुरा गर्छन् । एकतामा बल हुन्छ भनेर सप्रसंग व्यख्या गर्न कक्षा २ देखिनै सिकिएछ, मलाई पनि मिलौँ मिलाँै जस्तो लाग्न थाल्यो ।

Chaitanya said...

बैरागका मुक्तक सुन्दर छन, रागका अनुपम सुन्दर छन | हुनुपर्ने पनि त्यसै हो कि ?

Dhruba Panthi said...

राग बैरागका कुरा आफ्नै ठाउँमा छन्... मलाई त 'भीड' ले छोयो सबैभन्दा बढी।

राजेश बुढाथोकी 'नताम्स' said...

nice.

राजेश बुढाथोकी 'नताम्स' said...

बसन्त दाई, यी चार मुक्तकहरु निकै घतपूर्ण लाग्यो । विशेष गरी ‘कानून’ले छोयो मलाई । सटिक र सरल भाषामा ठूलै व्यङ्ग गर्नुभएको छ तपाईले ।

Sujan Sharma said...

सबै मुक्तकहरु उत्कृष्ट छन्। वाह !!

मनु said...

बसन्त दाइको चार राग बैराग साच्चै राम्रो राम्रो लाग्यो । कानुन,अनुरोध र भिडले मन छोयो ।

Prabesh said...

साह्रै मिठा अनि सटिक मुक्तक रै'छन् दाइ !! मज्जा आयो पढ्नलाई !

Dilip Acharya said...

धेरै पछि साँच्चै मन खोलेर प्रशंसा गर्न मिल्ने मु्क्तक पढन पाएको जस्तो लाग्यो ।
मैले चाही माथिका चार मुक्तक मध्य कुनै १ वा २ लाई उत्कृष्ट भएको भनेर छान्न सकिन। चारै वटा एक‍-से‍-एक छन ।

राग पनि बैराग पनि दुबै जमेका छन !!!

TRUE LIFE'S JOURNEY said...

अत्यन्तै मन छुने मुक्तकहरु बसन्त जी !

चूडामणि/मणि said...

निक्कै चोटिला लागे | अन्तिम मुक्तक अतिनै मन पर्यो |

Dhakal Rabi said...

well said and nicely composed.

Sangita said...

interesting muktak.. well done...

Keshab Ghimire said...

मुक्तक त मन छुने खालका छन् | राम्रो लाग्यो |

Kamal Raj Chapagain said...

यस्तो भीड र कानुनको बीचमा रहेर पनि यस्तो अनुरोध र प्रस्ताव गर्न सक्नुभयो, धन्यबाद तपाइलाई; यस्तै चोटिला राग/बैरागहरु पढ्न पाईराखौ

kshama said...

I couldn't follow each & every word of these short poems...but understood the gist of it! I enjoy reading this language a lot!
A special thanks for the comment on my blog"Bikahre Sitare"...Please continue to read & encourage...friends like you r my strength!

Basanta said...

पढिदिनुहुने, हौसला दिनुहुने सबैमा हार्दिक धन्यबाद!

हाम्रो समाजमा यस्ता भिड कम भईदिए हुन्थ्यो, र कानूनहरुले आँखा खोलिदिए हुन्थ्यो, जिन्दगीमा यस्तै प्रस्ताव र अनूरोध धेरै गर्न पाए हुन्थ्यो। तर समयमा आगो लागेको छ, आफूभित्रको स्वस्थ रागलाई पनि लुकाएर हिँड्नुपरेको छ, समयमा लागेको आगोले सिध्याईदेला भनेर।

Post a Comment

Related Posts with Thumbnails