October 27, 2009

हिमाल

रात नसकिँदै झुल्किन्छ हिमाल
कुन खुशिले टल्किन्छ हिमाल!


घाममै छल्छ बादलका आँखा,
आकाशसंग पल्किन्छ हिमाल!


चित्त बुझेन आकाशै पाएर?
किन अविराम् अल्किन्छ हिमाल


तन्केको छ हेर्दै कस्को बाटो?
गोधूली छाया ढल्किन्छ हिमाल


दुइटै यी आँखामा नेपाल छ
हरपल छचल्किन्छ हिमाल।

('अल्किनु' अग्लिनुको अर्थमा प्रयोग गरिएको हो।) 
- नोभेम्बेर २३, २००५


Image Source: Click Here

12 comments:

kshama said...

Harek shabd to nahee samajh aayaa...lekin jitna samajh sakee, wo behad achha laga...himal ke chhatr chhaya kahan kahan tak hai, aur pasbaan hamara pighalta ja raha hai...ham ek darshak kee mook bhumika liye baithe hain..

Asha said...

Nice Gazal BASANTA dai !
As i saw the date its not the new creation, dont you create gazal nowadays ?

राजेश बुढाथोकी 'नताम्स' said...

बसन्त दाई, गजल निकै राम्रो लाग्यो । यतिखेर हिमाल 'अस्तित्वको संकट'मा छ । बहुमुल्य छ मेरा लागि । गजलमय टाँसोको लागि धन्यवाद ।

ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

Chaitanya said...

तपाईंका गजल अनि हिमाल बिशेष ! आफू दुवैको प्रशंसक भएकोले संयोग (याने गजल ) उत्कृष्ट लाग्यो | हाम्रो देश नेपाल हिमचुलीको देश भनेर विश्वमा चिनिने हुँदा मलाई पनि हिमालका बारेमा लेख्न खुबै रहर छ| यो गजलले त्यो रहरलाई फेरी जगाइदिएको छ |

Mukta said...

nikai ramro lagyo..

chudamani said...

सुन्दर भाव ! सुन्दर गजल ! मेरा पनि आँखामा हिमाल सहीतको नेपाल छ तर किन उपेक्षित भए झैं लागिरहेछ हिमाल अचेल !

badri said...

very nice gajal!

Ashesh said...

बसन्त दाईको अस्तिको भूडीको चर्तिकलाले अझै दिमाग भुटिरहेको छ मेरो त!! अनि आज यस्तो मीठो गजल पढ्न पाउँदा त झन् मन आनन्दित भयो । वास्तवमा हिमालजस्तै सकारात्मा सोच मान्छे नामको जीवमा पनि भैदिएको भए कति राम्रो हुन्थ्यो होला? म कल्पना गर्दै छु ।

रात नसकिदै झुल्किन्छ हिमाल
कुन खुसीले टल्किन्छ हिमाल

कति मीठो शेर! आफ्नो कर्तव्य पुरा गर्न सायद सुख दु:ख खुसी आदि पर्खिराख्नुपर्दैन हिमाललेजस्तै । सिकौँ हिमालबाट केहि सिकौँ ।

Jotare Dhaiba said...

(कताको कमेन्ट कता हालेछु माफ पाऊँ है !)

कट्टरताको पक्षमा त म पनि छुइनँ, गतिछाडा भएरै मियोमा घुम्न घुम्नुपर्छ भन्ने मान्यता हो गजल-लेखनको संरचनामा ।
तर पहिलो सेरमा 'झल्किन्छ' भन्ने काफिया नै राखेको भए केही बिग्रिन्नथ्यो भन्ने लाग्यो मलाई । झुल्किनुलाई 'झल्किन'ले त्यति साह्रो दखल दिदैनथ्यो, काफियाको रूप पनि खुल्थ्यो अझै मसक्क ।

जलवायु परिवर्तनको रापमा हिमाल पग्लिएर काङ्गुडी परिरहेको बेला गजलमा भए पनि हिमालको अग्लाइ नाप्न पाइयो । गजल लेख्न डराउँछु भन्नुहुन्थ्यो अस्तिनै एकफेरा, यो गजल पढ्दा तपाईंको गजल नियमित पढ्दै जाने भोक जागेको छ, यो भोकको सम्मान होस् है !
शुभ कामना !

Basanta said...

सबैलाई हार्दिक धन्यबाद! जवाफ दिन ढिला भएकोमा क्षमाप्रार्थी छु।

क्षमाजी, हिमालले हामी सबैलाई छत्रछायाँ दिएको छ र पृथ्वीलाई बाँच्न योग्य बनाएको छ। आज यसको अस्तित्वमाथिनै संकट आएको छ। मानव जातिको कृतघ्नता हो यो हिमालमाथि।

आशा, गजल नफुरेको धेरै भयो। बन्धनमा बाँधिएर लेख्न त्यति मन लाग्दैन मलाई। गजल लेखनीको प्राविधिक ज्ञान पनि छैन बराबरमात्रै छ। गजलले उच्च सौन्दर्यवोध र शब्दशिल्प माग गर्ने हुँदा गजलमाथि अन्याय हुने डरले लेख्न छोडेको छु। हेरौं, कोशिश गरौंला फेरि।

राजेश भाइ, हिमाल संकटमा पर्नु भनेको हामी सबै संकटमा पर्नु हो। आशा गरौं, हिमालमाथिको यो संकट, हामीमाथिको यो संकट टरेर जानेछ।

चैतन्यजी, तपाईँको हिमाली गजल/कविता चाँडै पढ्न पाउने आशा छ

मुक्ताजी, हौसलाका लागि आभारी छु।

चुडामणिजी, हिमाल विनाको नेपाली आँखाको त के कल्पना गर्न सकिएला र? यसको उपेक्षा हुन नदिन कोशिश गरौं सबैले।

बद्रीजी, हौसलाका लागि आभारी छु।

अशेष भाइ, हिमालकै जस्तो सकारात्मक चिन्तन हामी आफूमा जगाउने कोशिश गरौं, हाम्रो कारणले अरु केहिमा पनि अवश्य जाग्नेछ। यसले एकदिन अवश्य पनि एउटा ठूलो अभियान लिनेछ।

धाइबाजी, 'उदाउनु' को अर्थमा 'झुल्किनु' प्रयोग गरेको हुँ मैले। 'झल्किनु' ले 'चम्किनु'को अर्थ दिनसक्छ तर 'उदाउनु'को अर्थ दिन सक्दैन भन्ने लागेको थियो। अहिले तपाईँको कुरा सुनेर फेरि विचार गर्दा 'झल्किनु' पनि राम्रै हुने रहेछ जस्तो लाग्दैछ।
नयाँ गजल लेख्ने कुरामा माथि आशा बहिनीसंग पनि कुरा गरिसकेको छु। तैपनि लेख्ने कोशिश गर्नेछु र गजल विधालाई न्याय गर्न सक्ने केहि लेखें भने अवश्य पनि टाँस्नेछु। हौसलाका लागि धेरै आभारी छु।

katuwal said...

पग्लिनु र अग्लिनुको बीचमा टक्क उभिएको
ढाका टोपी झैं सलक्क
सर्वोच्चतामा बादलको रुमालले अनुहार
पुछिरहेको हिमाल

Basanta said...

धन्यबाद 'कटुवाल'जी, मेरो 'हिमाल'लाई ढाका टोपी र रुमालको उपहार दिनुभएकोमा!

Post a Comment