October 17, 2009

महाकवि देवकोटामा हार्दिक श्रद्धाञ्जली!!!


आज नेपालमाताका एक महान सुपुत्र लक्ष्मी प्रसाद देवकोटाको सैयौं जन्मतिथि हो। नेपाली साहित्यको लागि उहाँको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ। नेपालमा उहाँको जन्म शतवार्षिकीका उपलक्षमा धेरै कार्यक्रमहरु भईरहेको हुनुपर्छ।

नागोयामा केहि उत्साही भाइबहिनीहरुले भोलि एउटा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दैछन्।

महाकवि देवकोटामा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु!!

यसै प्रसंगमा यूट्युबको यो भिडियो यहाँ राख्न चाहन्छु, आफनो जीवनको अन्तिम घडीमा रहनुभएका महाकविको स्वर सुन्न सकिन्छ यसमा। बिबिसी नेपाली सेवा र भिडियो तयार पार्नुहुने महानुभावलाई धेरै-धेरै धन्यबाद!



हस् त, तपाईँ र परिवारमा दिपावली, नयाँ वर्ष (नेपाल सम्बत ) ११३० र छठको हार्दिक मंगलमय शुभकामना सहित बिदा हुन चाहन्छु। तपाईँका दिनहरु शुभ रहुन्!

11 comments:

gufgaf.com said...

महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्धाञ्जलि !!! दाइलाई पनि शुभ दिपावलीको धेरै धेरै शुभकामना !!

दीपक जडित said...

देवकोटा सदैब पूजनिय रहिरहुन् जो आज जति छन् । तिहारको शुभकामना ! वसन्तजी लगायत यस ब्लगका सम्पूर्ण पाठकहरुमा ।

कैलाश said...

महाकविज्यूमा हार्दिक श्रद्धाञ्जली। शुभ दीपावलीको शुभकामना बसन्तजी र तपाईको स-परिवारसहित सम्पूर्ण ब्लगर साथीहरुमा।

Sujan Sharma said...

महाकवि देवकोटा प्रति हार्दिक श्रद्धाञ्जली!!
तपाँई लगायत यस ब्लगका सबै पाठकहरुमा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना !!

दूर्जेय चेतना said...

महाकविमा मेरो पनि हार्दिक श्रद्धाञ्जली!! साथै बसन्तजी लगायत सबै पाठकमा दिपावलीको उपलक्षमा मेरो मङ्लमय शुभकामना!!!

Jotare Dhaiba said...

देवकोटाप्रति हार्दिक श्रद्धा सुमन ! साथै तिहारको अवसरमा वसन्तज्यू लगायत सबैलाई शुभ कामना !

सुलभ सतरंगी said...

महाकवि देवकोटl प्रति मेरो श्रद्धांजलि.

साथै दीपावली को मंगलकामनाएं !!

Prajwol said...

हार्दिक श्रदान्जली महाकवि प्रति

खुल्लामन्च said...

धन्यवाद बसन्त दाजु, देवकोटाको स्वर सुन्न पाएं, पहिलोपटक । उनिप्रती हार्दिक श्रद्धान्जली !

kshama said...

Meree orse bhee shraddha suman!
"Bikhare sitare" pe aapki tippenee padhee...uska kya jawab dun? Kishor jaise kayee log hote hain...ye ek aslee jeewani hai...kishor ne gar ye harkat na kee hotee,to kahanee kuchh aur hotee...hamara apne prarabdh pe kab adhikaar hota hai?

Basanta said...

यो टाँसोमा आएर महाकविमा श्रद्धाञ्जली अर्पण गर्नुहुने सबैमा हार्दिक धन्यबाद!
यहाँहरु सबैको तिहार रमाईलो र सुखमय भयो होला भन्ने आशा गर्दछु।

Post a Comment

Related Posts with Thumbnails