अचले मेरो ताल 'न काम, न फुर्सद' को भएको छ। यो चालाले गर्दा आज फेरि 'इतिहासको ब्याज' खानुपर्ने हुन आयो। आज हाईकूको ब्याज खाऔं:)
साझा पसेको केहि समयपछि "गोतामेको गनगन" नाम गरेको एउटा धागो शुरु गरेर हाईकूको अभ्यास गरेको थिएँ मैले। अरु धेरै साथीहरुले पनि सहभागिता जनाउनुभएको थियो।
त्यतिखेर नेपालमा शाही शाशन थियो। हाईकूहरुमा राजनीति बढी लेखिन्थ्यो र कलात्मकतामा त्यति ध्यान दिईन्थेन। कतिपय अवश्थामा हाईकूको ब्याकरणलाई पनि ध्यान दिईन्नथ्यो, तीन हरफमा जे लेखेपनि हाईकू भनिन्थ्यो। आज त्यो बेला कोरिएका हाईकूहरुमध्ये केहि यो ब्लगमा आऊँदैछन्।
"गरिबिको आनन्द"
सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।
"बतास"
तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।
"क्योटो"
आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
(सेप्टेम्बर २२, २००५)
"जनयुद्ध"प्रतियोगिता-
"गरिबी घटाउन"-
गरिब मार ।
(सेप्टेम्बर २७, २००५)
"जिन्दगी"
पाठशाला हो,
चारैतिर देखिन्छन्-
कक्षाहरु प्रशश्त ।
(अक्टोबर १४, २००५)
"शानेवानी"रगतै दुहे-
दल, दरवारले,
थारो भएछ!
-१-
चालक तीस
ट्याक्टर जम्मा दुई
होस्टेस साठी।
-२-
(नोभेम्बर १०, २००५)
"परराष्ट्र मन्त्रीको डकार"यात्रा राम्रो भो!
विना निम्तै गइयो
कति ठाऊँ त!
(नोभेम्बर २४, २००५)
"सरकार"गज्जब छ बा!
चुलो भत्काईदिन्छ-
'पका', 'खा' भन्छ!
(प्रसारण सामाग्री लुटेर लगेको प्रसंग।)
(नोभेम्बर २८, २००५)
"युवा नीति"जागिर दिम्ला-
मान्छे कुट्न सक्ने भे',
पढेर के हुन्छ?
"शिक्षा नीति"
उत्पादन गरौँ-
भात खाने रोबोट,
मान्छेको सट्टा।
"राष्ट्रवादी शिक्षा"
किताब खै त?
"मगाईसकेको छु
भारतबाट!"
(मार्च ६, २००६)
आजलाई यत्तिनै। समय मिल्दा साझाको त्यहि धागोमा पसेर पनि पढ्नुहोला।


22 comments:
चोटिला हाइकूहरु बसन्त जी ।
शिक्षा निति र जिन्दगी खुबै राम्रो लागे ।
सब एक से एक रहेछन ... मेरो लागि चाहिँ यो नयाँ साँहु नै भयो...
चसक्क बिझ्ने
गरिबि को आनन्द
सटिक छ है !
ओहो कस्तो रमाइलो, सिमित शब्दहरुका प्रयोगले पनि कस्तो तिखो बार !!
तपाइं जस्तै २-३ जना अरुको को ब्ल्ग पढ्दा पढ्दै मलाई पनि आजकाल साहित्यको अलि अलि चस्का लाग्न सुरु भएको छ :)
धन्यबाद ।
हाइकुको बारेमा खासै ज्ञान नभए पनि तपाईंको collection पढेर चाँही केही हदमा राहत मिल्यो भन्नु पर्छ ।
'शानेवानि' विशेष मनपर्यो । इतिहासको व्याजको फाँको पनि मार्नुपर्छ मौका-मौकामा ।
'गोतामेको गनगन' स्तम्भ पनि घच्चीको राख्नुभएछ । कतिपय हाइकु भने तपाईंकै शब्दावली सापट लिएर भन्दा 'तीन हरफमा जे लेखे पनि हाइकु' बने जस्ता लागे, तिनमा भावगत वजन त छ, काव्यिक छटा छैन ।
त्यो पुरानो रचना-धारा फर्काएर बाँड्नुभयो, खुसी लाग्यो ।
साझामा खेल्दा ताकाका सम्झना गराइदिनुभयो । सुन्दर हाइकुहरु ।
दमदार हाइकु !
तिख्खर लागे हाईकुहरु । बनोटको बारे त आफैं भन्नुभएकै रहेछ ।
गोतामे ब्रो
तपाईंको हाइकु
मन पर्यो
हाइकुको संरचनागत बनोट र यस विधाको बारेमा मेरो ज्ञान 0 नै छ, त्यसैले माथिका तीन हरफे काव्य हाइकु हुन कि हैनन भन्ने बारेमा मैले बोल्नु ठिक छैन :) ।
तर मलाई भने माथिका सबै 'हाइकु' मन परे है !
मलाई पनि मन पर्यो बिशेष "सरकार" धन्यवाद है।
गोतामेजीको
मिठो छ गुनगुन
वसन्त वाग!
पुरानो घर्रा,
अलिअलि नमिल्या'
छाँटने हो कि?
गज्जबका हाइकु रहेछन् दाइ !! मनपर्यो !!
लौ बसन्तजी
मजाको गनगन
रै छ हाइकु
सबै हाइकु रमाईला र समयसापेक्ष छन् | 'बतास' र 'क्योटो' मलाई बिशेष मन परे |
मेरे ब्लॉग पर आने के लिए और आपकी टिपण्णी के लिए बहुत बहुत शुक्रिया! मेरे अन्य ब्लोगों पर भी आपका स्वागत है!
मुझे आपका ब्लॉग बहुत अच्छा लगा पर आपका पोस्ट समझ में नहीं आया क्यूंकि मुझे इस भाषा में कोई ज्ञान नहीं है!
प्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद! पूराना हाइकूहरु (र लेख्न सकिएछ भने नयाँ पनि) पछि पनि राख्दै गरौंला।
मैले माथि पनि लेखेको छु, कतिपय हाईकूको ब्याकरणको लीकमा हिँडेका छैनन् भनेर। कतिपय अवश्थामा कडाईका साथ नियम पालन गर्दा रचनानै गर्न नसकिने स्थिति पनि आऊँछ। हाईकूको जन्म जापानी भाषामा भएको हो र यसको मूल ब्याकरण पनि जापानी भाषाकै ध्वनिगत विशेषताका आधारमा बनेको र आजसम्म चल्दै आएको हुनुपर्छ। नेपाली वा अर्को कुनै भाषाको ध्वनिगत विशेषता जापानीसंग ठ्याक्कै मिल्दैन, त्यसैले नियममा अलिकति परीवर्तन त जरुरीनै लाग्छ मलाई। यसमा थुप्रै बहसहरु भएर केहि निष्कर्ष पनि निक्लिसकेका होलान्, अध्ययनको अभावमा केहि भन्न सक्ने स्थितिमा भने छैन।
जोदार ताली !!!!!!!!!!!!!! बसन्त गौतम ,निजी नाम रहेन नेपाली हरुको बिच लोकप्रिय नाम बन्दैछ बसन्त गौतम! धन्यवाद ।
धन्यबाद रिषभ!
त्यति धेरै चाहिँ नफुर्क्याउने हो कि, लाज लाग्छ:)
म लेखन कलाको एउटा अति साधारण विद्यार्थीमात्रै हुँ। साँच्चै लेख्न त बाँकी नै छ।
too good
Post a Comment