July 18, 2009

चैतन्य अधिकारीज्यूको कोसेली

[पहिलो पाहुना लेखकको रुपमा साथी चैतन्य अधिकारीज्यूलाई यो ब्लगमा स्वागत गर्दैछु आज, उहाँका दुई कविताका साथमा। चैतन्यजी संगको मेरो चिनजान लगभग एक दशक पुरानो भईसकेको छ। म उहाँका सुन्दर कविताहरुको प्रशंशक हुँ। परिचयको केहि समयपछि "पोखरेली युवा साँस्कृतिक परिवार" को मासिक काव्य-सन्ध्यामा भेटिएपछि हाम्रो साझा रुचि-साहित्यका बारेमा एक-अर्कालाई थाहा भएको हो।]


हामी

देश तड्पिई रह्यो
देश भड्किई रह्यो
अन्तहीन बन्दहरुमा
देश अड्किई रह्यो

हामी डराए झैं भयौं
हामी हराए झैं भयौं
मैदान भन्दा धेरै पर
गुन गुन कराए झैं भयौं

हत्या अपहरण भए
त्राषद प्रकरण भए
हामी स्तब्ध भयौं
तैपनि हामी मौन रह्यौं

कुट्ने मार्ने बिजेता भए
ठग्ने लुट्ने नेता भए
हामी हेरिरहे झैं भयौं
सधैं टेरिरहे झैं भयौं

देशले पर्खीइरह्यो
समय घर्कीइरह्यो
हामी विदेशकै भयौं
देश भुले झैं भयौं

खासमा,
केही कुरी रहेझैं भयौं
फर्कने त हो भन्दै रह्यौं
हामी बिरानो झैं भयौं
अब पुरानो झैं भयौं

अरु पनि कति विदेशिए
सबै यतै उतै भेटिए
मानिसहरु यसरी बिरक्तिए
शायद गाउँ शहर रित्तिए

कसरी कसरी,
हामी नभए झैं भयौं
हामी नरहे झैं भयौं
मुटू आफ्नो दुखे पनि
हामी पराय झैं भयौं।


अँध्यारो / उज्यालो

तिमीले भन्यौ
म अँध्यारोमा छु
मैले चियाएर हेरें
तिमीलाई देखिन र
ढुक्क भएर फर्कें
तिमी पक्कै पनि त्यहीं हुनुपर्छ
अँध्यारोमै |

मैले बोलाईन तिमीलाई
अर्थात् बोलाउन उचित सम्झिन
आफु अँध्यारोमा भएको बुझ्नेले
या त अँध्यारोमै रम्छु भन्नुपर्यो
या त अँध्यारो छिचोल्नु पर्यो
बाहिर निस्कनुपर्यो
कम्तिमा दोसाँध त भेट्नुपर्यो
तिमी निस्की आयौ भने
अब त उज्यालो भेटें भन्नेछौ
अँध्यारो उज्यालोको विभेद चिन्नेछौ

हँ, कतै तिमी बाहिर उज्यालोमै हिंडिरहेका त छैनौ ?
-चैतन्य अधिकारी



16 comments:

DEEPENDRA said...

I would like to welcome Chaitanya Adhikari ji and congratulate him for such a grand beginning! I liked the first stanza of the poem 'Hami' most:

देश तड्पिइ रह्यो
देश भड्किइ रह्यो
अन्तहिन बन्दहरुमा
देश अड्किइ रह्यो

These lines depicts the current situation in Nepal in a perfect way! However, I hope someday the scenario changes and you will write a poem contrary to this emotions! please keep writing.

खुल्लामन्च said...

चैतन्यजी, यति बिधी सुन्दर कबिताको लागि तपाईंलाई मुरी मुरी धन्यवाद । बसन्त दाजुको यो चर्चित ब्लगमा तपाईंले जर्जर देशप्रती आफ्नो अशिम माया दर्शाउदै सिर्जना गर्नुभएको यि हरफहरु:
देश तड्पिरह्यो
देश भड्किरह्यो,
अन्तहिन बन्दहरुमा
देश अड्किरह्यो ।
खुबै राम्रा लागे । अझ बढ्ता पढ्ना पाइयोस ।

जोतारे धाइबा (Jotare Dhaiba) said...

सरल-सम्प्रेषणीय, साथसाथमा भाव र विचारको चाकाचुली मजाले मिलेको कविता ।

मलाई त कसोकसो भूपीको छनक मिल्यो । फेरि शीर्षक पनि उही परेर हो कि ?

पहिलो कविता चाहिँ निकै सार्थक लाग्यो ।

मुटु आफ्नो दुखे पनि
हामी पराइ झैँ भयौँ ।

आजको हाम्रो चित्र सरक्क उत्रिएको छ । एउटै कविताबाट देशाटन गरे जस्तो भयो । आफ्नैहरूको बीचमा एक्लो, अपरिचित र बेनामे बन्नु त मरेकै जुनी हो । हामी ठीक त्यही जुनीमा छौँ- काटिरहेका । चैतन्य अधिकारीसँग यसरी भेटाइदिनुभएकोमा वसन्तज्यूलाई सादर धन्यवाद ! फेरि-फेरि पनि कविताको पुलमार्फत भेट्ने बहाना जुर्दै गरोस् ।

Asha said...

चैतन्य जी तपाईंको कबितामा गहनता छ। हामि हुर्किरहेको पृष्‍ठभुमी लाई तपाईंले शब्दहरुमा पोखिदिनु भएको छ। हामीले त्यो बस्तु स्थितिलाई ठिगँ उभी अवाक भई आन्तरिक मुल्याङ्कन गरिरहँदा तपाईंका हर शब्दहरुले हाम्रो मौनताको प्रतिनिधित्व गरिरहेको छ, साँचै मिठा भाबहरुसगैँ सुन्दर प्रस्तुतिको लागि तपालाई धन्यवाद..
साथै बसन्त जी लाई पनि तपाईंको रचना सहित हामी माझ परीचित गराउनु भएकोमा आभारी छु।

Nisprabh Saji said...

Nice poem...doesn't come all the time...When it comes....it just penetrates the reality..."Haami" padhda haami sanchain haraayen jhain bhayeun....very nice...sort of Musical Poem....

बेदनाथ पुलामी ( उमेश ) said...

राम्रो कुराको शुरुवात गर्नु भएकोमा - बन्सत जी लाइ धन्यवाद !
चैतन्य सर को कलम निकै गहकिलो रहेको छ 'हामी' भन्ने कविता ले निकै मन छोयो - वास्तविकता ओकल्नु भएको छ | मेरो मनलाई तपाइले शब्दै पीछे बल्झाई रहनुभो |
उत्किष्ट लेखाइको लागी -धन्यवाद |

Rahman,Ahchong,Muniandy said...

seems like very interesting poem.keep it up.tq

Bharat said...

Basanta Jee,
Thank you very much for introducing Us Mr. Chaitanya Adhikari. Welcome Chaitanya jee. I enjoyed reading both kavita. Both poems are nice and perfectly discribe about us and Our country Nepal.
First poem is Very nice. Anybody please explain me the second poem. I read second poem i understand as follow, "Aruko aangama jumra dekhne, aafano aanganma bhaishi nadekhane".
Am i right?
Basant and Chaitanya jee thanks again

Milan said...

गहन र मार्मिक कविता रहेछन .. कबि चैतन्यजीलाई बधाई र धन्यबाद...

राम्रो कुराको सुरुवात गर्नु भएकोमा बसन्त दाइलाई नि धेरै धेरै धन्यबाद है...!

Dilip Acharya said...

दुबै रचना उस्तै स्तरीय छन, तर पहिलोले भने बढि मन छोयो ।

Basanta said...

मलाई पनि असाध्यै मन परे यी कविताहरु! पहिलो त साँच्चिकै 'माष्टरपिस' छ। हाम्रो अकर्मण्यता र पलायनवादी सोचको राम्रो चिरफार गरेको छ। हाम्रो मनस्थिति यस्तै रहिरहे भविष्य अझ भयावह हुने संकेत सजिलै भेट्न सकिन्छ कवितामा।

दोश्रोले पनि हाम्रो स्वभावलाईनै ब्यंग्य गरिरहेका छ। समस्याको गुनासो गर्ने तर त्यसबाट उम्किनका लागि फिटिक्क केहि नगर्ने हाम्रो मानसिकता माथि कडा ब्यंग्य गर्नुभएको छ चैतन्यजीले। र अन्त्यमा उहाँ हामीलाई सम्झाउनुहुन्छ, हामीले जे लाई समस्या भनेर बुझ्दै आएका छौं, त्यसको अस्तित्वनै नहुन पनि सक्छ। हाम्रो समस्या त हामी र केवल हामीनै पनि हुन सक्छौं।

चैतान्यजीले चाँडैनै हाम्रा प्रतिकृयाहरुको जवाफ दिनुहुनेनैछ।

Chaitanya said...

मेरो कबिता पढेर प्रशंसा गरिदिनुहुने संपूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु | तपाईहरुले दिएको यो हौसलालाई अरु रचनाको लागि उर्जा बनाउने बिचारमा छू | बसंतजीलाई त के भनुं , यस्तो गजबको चौतारीमा बसाईदिनुभएको मात्र होइन, कबिताहरुको भाव पनि स्पष्ट खुलाई दिनुभएको छ आफ्नो प्रतिक्रियामा | उहांलाई दिएर पुग्ने धन्यवाद नै छैन मसँग |

Anonymous said...

Excellent poems Chaitanya Bhai! Keep on writing.
Ishwori Prasad Sharma, SOS KAVRE, Nepal

badri said...

very nice poems!

Harkirat Haqeer said...

Basanta ji ,
bahut bahut shukriya blog par aane ke liye ....aap vatan se dur rah kar bhi ham sab se jude hain achha laga jankar ....nepali bhasha kuchh samajh leti hun ...!!

Basanta said...

Thank you Ishworijee, Badrijee and Harkiratjee!

Harkiratjee, I am happy to know that you can understand some Nepali. Your poems are very beautiful. I will be visiting your blog time to time.

Post a Comment